नव क्षितिज साप्ताहिक र राम्रो सन्देश डट कमका प्रकाशक एवं प्रधान सम्पादक नवराज बजगाईलाई ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ अन्तर्गग ‘युवा पत्रकारिता सम्मान’ बाट सम्मानित गरिएको छ । संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यता , बरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईलाको हात बाट बजगाईलाई सम्मानित गरिएको हो । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनका साथै नेपाली कला क्षेत्रको विकासमा योगदान गरेको भन्दै यो सम्मान प्रदान गरिएको आयोजक टिमका अध्यक्ष माधवराज खरेलले जानकारी दिनु भयो । पावर ईन्टरनेशनल मिडियाको प्रस्तुती नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्डमा नेपाली सांगीतिक ईतिहासमा सवै भन्दा धेरै भाषा भाषीका कलाकारहरुको सहभागितामा हरेक बर्ष सम्पन्न हुने यो तेश्रो संस्करणको कार्यक्रम हो ।
