IMG-LOGO

बागमती टिपर व्यवसायीको आप्mनै भवन

 मंगल, भदौ १२, २०८०  ---

     बागमती टिपर व्यवसायी संघ बनेपा काभे्रको स्थापना भएको १५ वर्षपछि आफ्नै भवन निर्माण गरेको छ । बुधबार एक कार्यक्रम बिच टिपर व्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले नव निर्मित भवनको उद्घाटन गर्नुभयो । बनेपा वडा नं ८ टुल्टीफाँटमा ८ आना जग्गमा २०७८ मंसिर २२ गते विवाह पञ्चमीमा भवनको संघका अध्यक्ष सुरेश खत्रीले शिलान्यास गर्नुभएको थियो । व्यवसायीले तिरेको शुल्क, टिपर दुर्घटना न्यूनिकरण गरेर बचत भएको रकमबाट एक करोड लगानीमा भवन निर्माण गरिएको कुरा संघका सचिव राजेश खत्रीले जानकारी दिनुभयो । कार्यक्रममा पूर्व अध्यक्ष शेरबहादुर कुँवर, व्यवसायीहरुको सहभागीता रहेको थियो । कार्यलय प्रमुख प्रकाश कायस्ठका अनुसार टिपर व्यवसायीको आफ्नै भवन भएपछि काम गर्न सहज हुने र व्यवसायीहरुको हक हितको लागि थप प्रभावकारी हुने बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्