धुलिखेल नगरपालिका पडा नं –७ स्थित सञ्जीवनी टोलमा जिल्ला सरकारी वकीलको कार्यालय काभे्रपलाञ्चोकको पक्की भवन निर्माण सम्पन्न भएको छ । हिजो एक समारोहका बचि सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा. दिनमनी प्रोखरेलले नव निर्मित भवनको उद्घाटन गर्नु भयो । साढे ३ तले २१ कोठाको भवन ४ करोड ९ लाख ४० हजार ७ सयमा निर्माण सम्पन्न भएको कुरा सर्वोच्च न्यायधिवक्ता सम्भुकुमार बस्नेतले बताउनुभयो । २०७९ साल असार २० गते खम्म बहादुर खातीले शिलान्यास गर्नुभएको थियो । नेपाल सरकारको बहु वर्णिय योजना अनुसार भवनको लगत इन्भेष्ट भएको भएपनि उक्त भवन एक वर्ष अवधिभित्र निर्माण सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभे्रका प्रमुख दिपककुमार गौतम , जिल्ला न्यायधिसहरु मोहनराज भट्टराई, राजेन्द्र नेपाल, रिताकुमारी बखे्रल, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, उच्च सरकारी वकीलको कार्यलयका सह. न्यायधिवक्ता शंकर खत्री , सहायक न्यायाधिवक्ता सूर्यराज दाहाल, काभे्र बारका अध्यक्ष विष्णु प्रसाद सापकोटा लगायतको आतिथ्यता रहेको कार्यक्रमको सभा अध्यक्षता नायव महान्यायाधिवक्ता विश्वराज कोईरालाले गर्नुभएको थियो । उक्त कार्यक्रममा जिल्लाका सुरक्षा निकाय र सरकारी कार्यालयका कर्मचारीहरुको सहभागीता रहेको थियो ।
