नेपाल बिज्ञापन बोर्डका लागि कम्युनिकेसन एण्ड रिसर्च नेपाल (सीआरआई नेपालले) नेपालका आम सञ्चार माध्यममा विज्ञापन बजार बारे अध्ययन प्रतिवेदन अन्तिम चरणमा पुगेको जनाएको छ । आईतबार मिरावेल रिसोर्ट धुलिखेलमा सीआरआई नेपालले आयोजना गरेको कार्यक्रममा विज्ञान बजारको अध्ययन बस्तुहरुको बारेमा छलफल भएको थियो । सीआरआई नेपालका कार्यकारी निर्देशक भिमप्रसाद गौतमले सञ्चालन गरेको कार्यक्रममा अनुसन्धान प्रमुख डा. भोजराज अर्यालले नेपालमा बिज्ञापन बजार बारे अनुसन्धानको सवाल, सीआरआइका निर्देशक प्रभाकर घिमिरेले बिज्ञापन बजारको सन्दर्भमा सुझाब र समस्याको बारेमा उजागर गर्नुभएको थियो । नेपाल सरकार बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा देशको ५२ जिल्लामा रहेका सञ्चार माध्यम रेडियो र पत्रपत्रिका, टेलिभीजनको नमुना सर्वेक्षणमा ३० अर्बको कारोबार गरिएको देखियो । १३ अर्ब छुट गरेको पाइयो । कुल विज्ञापन कारोबारको ५६ प्रतिशत विज्ञापनको आम्दानी गरेको अवस्थाको बारेमा जानकारी गराइएको थियो । देशको ७ प्रदेशको ५२ जिल्लामा गरिएको विज्ञापन बजारको अध्ययन अनुसन्धानका आधार आ.व ०७८÷०७९ को प्रेस काउन्सिलको तथ्याङ्क बमोजीम ८ सय ६८ पत्रपत्रिका, १ हजार २ सय ४० रेडियो, ३ सय ५० टिभी सञ्चालन रहेको छ । पे्रस काउन्सिलमा भने १ सय ८५ वटा टिभी सञ्चालन भएको उल्लेख गरिएको छ । नमुन सर्वेक्षणबाट विज्ञापन बजारको अनुसन्धान गरिएको जनाएको छ । त्यस्तै गरी नेपालमा २ हजार ५ सय मिडिया एजेन्सी रहेको जनाइएको छ । विज्ञापन बजारमा अस्वस्थ प्रतिस्पर्धा रहेको अधिकांश मिडियाको विज्ञापन दररेट नभएको ३० देखि ९५ प्रतिशत सम्म छुट दिएर विज्ञापनमा कारोबार गरेको छ । कार्यक्रममा नेपाल पे्रस युनियनका पूर्व अध्यक्ष इस्वरी ओझा, मिरावल रिसोट धुलिखेलका सञ्चालक भोला थापा, नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष बद्रीराज तिमल्सिना, सामुदायिक रेडियो प्रसारक संघ काभे्रका संयोजक रमेश प्रसाद न्यौपाने, प्राइम एडभर्टाइज सर्भिस प्रा.लिका प्रबन्ध निर्देशक मोतराम तिमल्सिना, कृशा मिडिया एडभरटाइजीङ प्रा लिका कार्यकारी निर्देशक कपिल कोइराला, सञ्चारीका समूह काभे्रकी अध्यक्ष सुनिता सापकोटा, लगायतले काभे्र जिल्लाको विज्ञापन बजारको बस्तुस्थितिको बारेमा सुझाउनु भएको थियो । सीआरआईका अध्यक्ष मिडीया एक्सपर्ट डा. सुधाम्सु दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
