बनेपा न.पा. ३ टुसालमा रहेको चामुण्डा देवीको चौथो वार्षिकउत्सव कार्यक्रम गत मंगलबार सम्पन्न भएको छ । प्रमुख अतिथि जिल्ला समन्वय समितीका प्रमुख दिपक कुमार गौतमले देवि को उद्गम स्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल गरिने बताउनुभएको छ । बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य,उप प्रमुख बिमला सापकोटा दाहाल, प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, बनेपा नगर ने.क.पा.एमालेका अध्यक्ष रत्नकुश रन्जित, बनेपा न.पा.४ न.वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठ,नेपाली काङ्ग्रेस बनेपा नगर सचिव योगराज दाहाल लगायत विभिन्न संघ सस्थामा आबद्ध व्यक्तिहरुको कार्यक्रममा उपस्थिति रहेको चामुण्डा देवी धार्मिक तथा पर्यटन संरक्षण समितीका अध्यक्ष उदय केसीले जानकारी दिनुभयो ।
