बनेपा, विपीडब्लु ( द्यएध्) र श्री डेन्टलको प्राविधिक तथा आर्थिक सहयोगमा आर्किट इन्टरनेश्नल एकेडेमीका विद्यार्थीहरुलाई निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । डा. श्रेया वादेले दन्त सेवाको अभिमुखिकरण सन्देश मुलक सामाग्रीको प्रस्तुत गर्नुभएको थियो । विद्यार्थी र अभिभावक सक्किलत भई १ सय ८० जनाले दन्त परीक्षण सेवा प्राप्त गर्नुभएको कुरा आर्किट इन्टरनेश्नल एकेडेमी बनेपाकी प्रिन्सिपल अनिता प्रजापतिले काभे्रटाइम्सलाई बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य हुनुहुन्थ्यो ।
