काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २३ औँ बार्षिक साधारण सभा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलको प्रमुख आतिथ्यतामा उग्रचण्डी होटल बनेपामा शनिबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कंडेलले नीति विधि प्रविधिको सही सदुपयोग गरी संस्थामा भएका शेयर सदस्यहरुको जीवनमा आर्थिक समृद्धि ल्याउन सक्नु पर्ने धारणा राख्नुभयो । सहकारी संस्थाहरुले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरण संस्कृतिक आवश्यकताका संरक्षण र वातावरणीय सुधारमा सहयोग पु¥याउनु पर्ने तर्क प्रमुख अतिथि कंडेलले गर्नुभयो । सहकारी संस्थाहरुलाई बाटो विराउन दिनु भएन, एक स्थानीय तह एकै प्रकृतिको सहकारी भनेका थियौँ, कार्यान्वयन चरण निक्कै कठिन छ । सरकारले पनि सहकारीहरुले उचित व्यवस्थापनका लागि तीन खम्वा मध्ये एक खम्वाको रुपमा भने अनुसारको व्यवसायिक र स्थायीत्वलाई ध्यान दिनुपर्ने भनाई प्रमुख अतिथि कंडेलले राख्नुभयो । जिल्ला बचत संघका प्रथम उपाध्यक्ष इन्द्र प्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभयो । नेपाल बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष परितोष पौडेलले दोहोरो सदस्यता, एक व्यक्ति एक प्रकृतिको सहकारीमा आवद्ध गराउने मापदण्ड कायम गरी कार्य न्वयन गर्ने चरण कठीन छ । नगरे दण्डनीय गर्ने अवस्था भने खुकुलो पार्ने सवालमा सहकारी मन्त्रालयमा छलफल भएको बताउनुभयो । देशको विकास र समृद्धिको ससवामा चर्चा भइ राख्दा सहकारी संस्थाहरुको दिगो विकासले शेयर सदस्यहरुको जीवनमा आर्थिक समृद्धि ल्याउने गरी संस्थाका सञ्चालक टिमले कार्य गर्नुपर्ने कुरा नेफ्स्कुनकाअध्यक्ष पौडेलले राख्नुभयो । नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले शुभकामना मन्तव्य राख्नुभयो । सचिव उदयराम कायस्थले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष जितेन्द्र नकर्मीले लेखा परिक्षण आर्थिक प्रतिवेदन तथा बार्षिक बजेट प्रस्तुत गुर्नभयो । लेखा सुपरिवेक्षण समितिका संयोजक जेन लामाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो । २ सय ३७ प्रारम्भीक संस्थाबाट ३ करोड ४८ लाख ३३ हजार शेयर पूँजी संकलन १ अर्ब ७ करोड ७७ लाख ५३ लाख ३७ हजार ४ सय २८ ऋण लगानी गरेको संघले जनाएको छ । अन्तरलगानी कार्यक्रममा १ सय ५३ वटा संस्थाले सहभागिता जनाएका छन् । जिल्ला बचत संघको सामाजिक उत्तरदायित्व अन्तरगत कोभिड–१९ प्रकोपको महामारीको रोकाथाम तथा नियन्त्रणका चेतनामुलक सन्देश जागरण गराउने देखि नगरपालिकालाई ५० हजार र गाउँपालिकालाई ४० हजारका दरले काभ्रे जिल्लाका १३ वटैलाई सरकार प्रमुखहरुलाई चेकरकम हस्तान्तरण गरेको छ । संघले प्रारम्भिक सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम दिने देखि लिएर सहकारी संस्थाहरुको स्थायित्व र विकासमा सहयोग पु¥याउने कार्य गरको जिल्ला बचत संघका प्रवन्धक गुरुप्रसाद ढकालले जानकारी दिनुभयो । सामुदायिक साकोस अधिकतम शेयर खरिद, बिन्धवासिनी साकोस अधिकतम कारोबार, आर्थिक विकास मित्र साकोस पाँचखाल अधिकतम ऋण कारोवार, मंगलेश्वर वित्तिय सहकारी संस्था लि., रोशी गाउँपालिका वडा नं ९ अधिकतम शेयर खरिद, नारी जागरण साकोस बनेपा–४ अधिकतम, सुर्यमुखि साकोस खानीखोला गाउँपालिका वडा नं ५ अधिकतम बचत कारोवार र लक्ष्मी महिला साकोस पनौती–५ अधिकतम बचत कारोवार गरे बापत सम्मान गरेको थियो । उत्कृष्ट कर्मचारीको रुपमा कुशल कार्यसम्पादन गरे वापत बरिष्ट तालिम सहायक रवि कुमार के.सी. लाई नगद ५ हजार सहित पुरस्कृत गरिएको थियो । त्यस्तै गरी नेपालको सहकारी अभियानमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा नेतृत्व क्षमताका साथ योगदान पु¥याउनु भएकोमा ऋषि राज धिमिरेलाई सम्मान गरिएको थियो । काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष रामहरी के.सीे.को सभापतित्वमा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन जिल्ला बचत संघकी उपाध्यक्ष तिर्थमाया प्रधानले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सह सचिव सुरेन्द्र पौडेलले गर्नुभएको थियो ।
