नेपाली कांगे्रसका केन्द्रिय सदस्य जितजंग बस्नेतले कांग्रेसको विचार, आदर्श, चिन्तनहरू बोकेर तरुण दल अघि बढ्नु पर्ने बताउनुभएको छ । नेपाल तरुण दल बनेपा नगर कार्यसमितीको आयोजना एवं नेपाल ट्रेड युनियन कांगे्रस बनेपा नगरसमितीको सहआयोजनामा नेपाल तरुण दल केन्द्रिय सदस्यमा मनोनित काभे्रका सुधिर बैद्य, कुलधोज तामाङ, स्मीता लामा, संग्राम सिंह दोङ, बलबहादुर तामाङ, रोशन पाण्डे र कमल तामाङ सहित ८ जना सदस्यहरुलाई सम्मान तथा नेपाल तरुण दल बनेपा नगर कार्यसमितीका पदाधीकारीहरुको सपथ ग्रहण कार्यक्रमलाई शनिबार बनेपामा सम्बोधन गर्दै उहाँले तरुणमा जोश–जाँगर बढाउनको लागि प्रशिक्षण आवश्यक भएको उल्लेख गर्नुभयो । नेपाली कांगे्रसका पूर्व केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले पार्टीलाई जिवन्त र सक्रिय तुल्याउन तरुण दलको मुख्य भूमिका रहेको बताउनुभयो । नेपाली कांग्रेस बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठले पार्टी सकाएर आफू बन्ने गगटो प्रवृती अन्त्य हुनुपर्ने भन्दै अन्तर्घातको विरोध गर्नुभयो । काभ्रे कांग्रेसका सभापति तथा बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले निकट भविष्यमा १ लाख तरुण सहभागी गराएर कार्यक्रम गर्न आवश्यक रहेको र तरुणहरु लाई अध्ययनशील र जुझारु बन्न आग्रह गर्नुभयो । नेपाल तरुण दलको मनोनित केन्द्रिय सदस्यहरु दिल लामा, कुलध्वज तामाङ, स्मिता लामा, संग्राम सिंह दोङ, बलबहादुर तामाङ, सुधिर बैद्य, रोशन पाण्डे, कमल तामाङ लाई बधाई एवं सम्मान गरिएको थियो भने तरुण दलका पूर्व सभापतिहरु तीर्थबहादुर पसखल, प्रकाश थापा, हरिबहादुर श्रेष्ठ, राम जोशी, जितेन्द्रमान तामाङलाई पनि सम्मान गरिएको थियो । नेपाल तरुण दल बनेपा नगर कार्यसमितीका सभापति विवेक बैजुूको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा नगर सचिव सोहिल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभयो भने कार्यक्रमको सञ्चालन बुद्धिकृष्ण घिमिरेले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण तरुण दल बनेपा नगर समितिका पूर्व सभापति बिजेन रंजितले गर्नुभएको थियो ।
