IMG-LOGO

चिर्पट प्रहार गरी श्रीमतीको हत्या

 सोम, भदौ ४, २०८०  ---

     पाँचखाल – १२ नगबेलीमा श्रीमतीलाई चिर्पट प्रहार गरी हत्या भएको छ । प्रहरीका अनुसार भदौ २ गते साढे ११ बजेको समयमा काभे्र जिल्लाको पाँचखाल नगरपालिका – १२ नागबेलीमा सिन्धुपाल्चोक जिल्ला घर  भई हाल पाँचखाल – १२ नगबेली स्थित देविराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले श्रीमती वर्ष २६की कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी बालुवाको टोली घटनास्थलमा पुगेको थियो । चिर्पट प्रहार गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिई सरकारी वकिलको कार्यालय धुलिखेलमा ४ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धुलिखेल काभे्रले जनाएको छ । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्