बनेपा र धुलिखेलमा भएका दुर्घटनामा दुई युवाले ज्यान गुमाएका छन् । धुलिखेलमा बुधबार र बनेपामा मंगलबार मोटरसाईकल र माल बहाक बस एक आपसमा ठक्कर खाँदा दुई युवाले ज्यान गुमाएका हुन । वित्तिय क्षेत्रमा कार्यरत दुबै युवालाई अरनिको राजमार्गमा एकै प्रकृतिका दुर्घटनाबाट लगेको छ । बुधबार दिउँसो ३ः५० मा अरनिको राजमार्ग धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा २ क २०१९ नम्बरको मिनि ट्रकले विपरीत दिशाबाट आउँदै गरेको रा ७ प ७२८८ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा मोटरसाईकल चालक प्यूठान धर्मवती गाउँपालिका –७ घर भई दाङ रमप्तीमा बस्ने २७ वर्षीय सुरज गिरीको घटनास्थलमै मृत्यु भएको थियो । उनी बनेपामा लघुवित्तमा कार्यरत कर्मचारी थिए ।
त्यसैगरी मोटरसाइकल चिप्लिएर ट्रकमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ । मंगलबार अरनिको राजमार्गस्थित बनेपा १३ भैसेपाटीमा बनेपाबाट काठमाडौं तर्फ जाँदै गरको बागमती प्रदेश ०२–०३४ प ११३७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई ट्रकमा ठोक्किएको हो । विपरीत दिशाकाट आउँदै गरेको बा प ०३ –००१ ख १५८६ नक्बरको १२ चक्के ट्रकमा मोटरसाइकल एक आपसमा ठोक्किँदा धुलिखेल नगरपालिका ८ घर भएका २१ वर्षीय अभिषेक न्यौपानेको मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहोराले जानकारी दिए । नारायणी ट्रक व्यवसायी संघ , पिडित पक्ष र इलाका प्रहरी कार्यालय बीच पिडीतपक्षलाई ८ लाख ५० हजार क्षपिूर्ति दिने सहमती भएको छ । पिडीत पक्ष र व्यवसायी बीचको सहमती पछि मृतक अभिसेकको शव पोस्मार्टम गरी दाहसंस्कार गरिएको छ ।
