तामाङ पत्रकार संघ काभे्रको आयोजनामा २९ औं तामाङ प्रसारण दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भयो । कार्यक्रममा जिल्ला समन्वय समिति अध्यक्ष दिपक गौतमले प्रसारक दिवसको अवसरमा शुभकामना प्रकट गर्नुभयो । जिल्ला समन्वय समितिका उपाध्यक्ष रिमबहादुर तामाङले तामाङ भाषाको संस्कार र संस्कृति बारे प्रकाश पार्नुभएको थियो ।
सोहि अवसरमा पत्रकार महासंघका अध्यक्ष बद्रीराज तिमल्सिना, पे्रस सेन्टरका केन्द्रीय सचिव डिलबहादुर थोकर, फोनिज काभे्रका अध्यक्ष इन्द्र बहादुर थापा मगर, तामाङ संघका केन्द्रिय सदस्य इकमान तामाङ, पे्रस समाजवादी काभे्रका अध्यक्ष सन्तोष चौलागाई, प्रेस युनियन काभे्रका अध्यक्ष नगेन्द्र अधिकारी, सञ्चारिका समूह काभे्रकी अध्यक्ष सुनिता सापकोटा, मिलिजुली डटकमका भेषराज दनुवार, समाजवादी पत्रकार महासंघका केन्द्रीय सदस्य बुद्धकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जीवन तामाङ र स्वागत मन्तव्य अशोक बुद्धलामाले राख्नुभएको थियो । उक्त कार्यक्रमको सभापतित्व तामाङ पत्रकार संघ काभे्रका अध्यक्ष अञ्जली तामाङले गर्नुभएको थियो ।
