जिल्ला बचत संघ काभे्रको आयोजनामा सूचना केन्द्र सञ्चालन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम शनिवार गौतम भिलेज रिसोटमा सम्पन्न भयो । जिल्ला बचत संघ काभे्रका सचिव एवं कर्जा सूचना केन्द्रका संयोजक विकास बादेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहकारीहरुको व्यवस्थापकहरुको सहभागिता रहेको थियो । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि का प्रमुख कार्यकारी अधिकृत एवं कार्जा सूचना केन्द्र उपसमितिका सदस्य के.वी लामाले सहकारी संस्थाहरुले ऋण प्रवाहको अवस्था,ऋणीहरुले संस्थामा आफूले तिर्नुपर्ने साँवा व्याज निर्धारित समयमा ति¥योकी तिरेन खराब ऋणी र असल ऋणीको अवस्था के हो? सोेको जानकारी वृस्तृत विवरण जिल्ला बचत संघलाई उपलब्ध गराएमा सोहीको आधारमा सदस्य संस्थालाई ऋणीको वास्तविक अवस्था सूचना केन्द्रबाट सूचना दिन सकिने उल्लेख गर्नुभयो । जिल्ला बचत संघ काभे्रका प्रबन्धक गुरुप्रसाद ढकालले कर्जा सूचनाको औचित्यको बारेमा प्रस्ट पार्नुभयो । हालसम्म कर्जा सूचना केन्द्रमा १ सय ३९ सदस्य रहेका छन । सूचना केन्द्रमा आवद्ध रहन प्रारम्भीक सहकारी संस्थाले दुईहजार ५ सय शुल्क तिरेर सूचना लिन सक्ने व्यवस्था मिलाएको सहकायक प्रवन्धक रवि केसीले बताउनुभयो ।
