मालपोत कार्यलय काभे्र धलिखेलको आ .व २०७९÷०८० को राजस्व ५७ करोड ८२ लाख ६३ हजार ५ सय १ संकलन भएको छ । गत वर्ष १ अर्ब २७ करोड २२ लाख १८ हजार २ सय ९४ राजश्व संकलन भएको थियो । गत वर्ष को तुलनामा ६९ करोड ३९ लाख ४४ हजार ७ सय ७९ राजश्व कम संकलन भएको हो । संकलित राजश्व मध्य प्रदेश सञ्चित कोषमा ४० प्रतिशत र ६०प्रतिशत राजस्व रकम स्थानीय तहको सञ्चित कोषमा रहन्छ । मालपोतको राजश्व दस्तुरमा रजिष्टे्रसन, नयाँ दस्तुर सेवाका सेवा शुल्क विविध र पूँजीगत लाभाकर गरी आयश्रोत समावेश गरिएको छ । आ.व २०७९÷०८० मा बनेपा नगरपालिकाबाट राजश्व दस्तुर बापत १२ करोड १९ लाख ३१ हजार ६५, धुलिखेल नगरपालिकाबाट ५ करोड ७४ लाख, ९३ हजार ४ सय ५५, भुम्लु गाउँपालिका १४ लाख ४६ हजार ६ सय ४९, चौरीदेउराली गाउँपालिका ११ लाख ८९ हजार ८ सय ६९, नमोबुद्ध नगरपालिकाबाट २ करोड १५ लाख ८१ हजार ७ सय ९२, मण्डनदेउपुर नगरपालिका बाट २ करोड ७२ लाख ८५ हजार ४ सय २९, बेथान्चोक गाउँपालिकाबाट ३२ लाख ३२ हजार २ सय २९, खानीखोला गाउँपालिका ७ लाख ४० हजार ५ सय ४२, रोशी गाउँपालिका ३० लाख १ हजार ४ सय ४३, तेमाल गाउँपालिका १४ लाख ३ हजार २ सय ९९, महाभारत गाउँपालिका ८ लाख २४ हजार ९०, सबभन्दा कम राजश्व खानीखोला गाउँपालिका त्यसपछि कम महाभारत गाउँपालिकामा संकलन भएको छ । त्यसै गरी पनौती नगरपालिका ४ करोड १९ लाख २ सय २८, पाँचखाल नगरपालिका ४ करोड २० लाख ३८ हजार ३७ मालपोत वापतको राजश्व संकलन भएको छ ।
कुल राजश्व संकलन मध्ये बागमती प्रदेश सरकारलाई काभ्रे मालपोतबाट २२ करोड ५५ लाख २ हजार ९ सय ३३ गएको छ । आ.व. ०७९÷०८० मा मालपोत कार्यालय काभ्रेमा राजश्व किन कम संकलन भएको भन्ने जिज्ञासामा प्रमुख मालपोत अधिकृत ऋषिकुमार दाहालले यस्तो प्रतिक्रिया दिनुभयो नेपाल सरकारले भूमि व्यवस्था ऐन अनुसार स्थानीय सरकारले जग्गा वर्गीकरण गरेर मात्र जग्गा खरिद विक्रि गर्ने प्रबन्ध गरेकाले र जग्गा कित्ताकाट गर्न रोकेकाले, एक मुस्टरुपको जग्गा मात्र खरीद विक्री भएको हुँदा कम राजश्व संकलन भएको बताउनु भयो । राजश्व संकलन कुन पालिकामा कति भन्ने उल्लेख गरेको छ । तालिकामा २०८० असार २१ गते सम्मको राजश्व संकलन रकम उल्लेख भएको छ । त्यस भन्दा पछिको २ करोड ८७ लख २ हजार ४ सय ३१ रकम संकलन भएको कुरा मालपोत काभ्रेका लेखापाल शिवराम हुमागाइले बताउनु भयो ।
