काभे्रपलाञ्चोक जिल्ला, सहकारी संस्थाहरुको उर्वरा भूमि हो । समुदायमा आधारित नीति विधिमा सञ्चालित सहकारीमा सेयर सदस्यहरुको जीवनैमा आर्थिक उपार्जन हुन सकेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि नेफ्सस्कुनको ३६ औं स्थापना दिवसको अवसरमा बनेपाको चण्डेश्वरी बचत तथा सहकारी संस्था लि नेपालकै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको रुपमा घोषणा गरेको छ । यसै गरी सोहि अवसरमा देशभरकै उत्कृष्ट संस्थाको अध्यक्षको रुपमा नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको रुपमा निर्मला श्रेष्ठ सम्मानित हुने हुनुभएको छ । उहाँ जिल्ला बचत संघ काभे्रको महिला उपाध्यक्ष पनि हुनुहुन्छ । त्यस्तै गरी चन्द्रा गिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ उत्कृष्ट व्यवस्थापकामा, बागमती प्रदेशको उत्कृष्ट व्यवस्थापकमा ज्योती मिर्मिरे सामुहिक साकोस पनौतीका प्रमुख कार्यकारी अधिकृत उत्कृष्ट व्यवस्थापको रुपमा गोपाल दाहाल, नेफ्सस्कुनको उत्कृष्ट कार्मचारीमा उमेश कोइराला सम्मानित हुने घोषणा भएको छ ।
