IMG-LOGO

आगामी असोज १९ बाट बनेपा महोत्सव

 मंगल, भदौ ५, २०८०  ---

           बनेपा महोत्सव २०८० (चौंथो संस्करण )आगामी असोज १९ गतेदेखी कात्र्तिक ४ गतेसम्म हुने भएको छ । बनेपाको उगे्रश्वर मन्दिर नजिकै १६ दिने महोत्सव गर्न लागिएको आयोजक बनेपा ब्याइज क्लव (बिबिसी) अध्यक्ष महेश कुमार कर्माचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाको ब्यापारिक क्षेत्र बनेपामा दशैँ र तिहार पर्वलाई लक्षित गरि महोत्सवको आयोजना गरिने भएको हो । ‘ब्यापारिक, साँस्कृतिक, मनोरञ्जनात्मक खेल मेला–बनेपा महोत्सव’ नाम दिइएको महोत्सवमा १३० वटा स्टलहरु  रहनेछन् । कृषि,घरेलु, स्थानीय उत्पादनजन्य स्टलहरु निःशुल्क दिइनेछ भने काभ्रे जिल्लाका ब्यवसायीलाई स्टलमा १५ प्रतिशत छुट दिइनेछ । महोत्सवमा मनोरञ्जन, बालउद्यान, महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट र बनेपा सम्बन्धि चित्रकला प्रतियोगिता सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन्  । प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति हुने, स्थानीय प्रतिभालाई प्राथमिकता दिने ,साना तथा घरेलु उद्योग र ब्यापारको प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । अपांगता र बृद्धबृद्धाका लागि निःशुल्क प्रवेशको ब्यवस्था मिलाइनुका साथै स्थानीय कला संस्कृति झल्कने झाँकी प्रदर्शनी, बाजागाजा, मौलिक नाच सहित महोत्सवको उद्घाटन गरिनेछ । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्