पनौती नगरपालिका कृषि तथा पशुपंछी शाखा प्रमुख मणिप्रसाद सापकोटा कृषि पशुपंछी विकास मन्त्रालय, पशु सेवा विभागको स्थापना दिवस–२०७७ को अवसरमा मंगलबार पुश सेवातर्फ देशैभरिका कर्मचारीहरु मध्येबाट उत्कृष्ट कर्मचारीका रुपमा सम्मानित हुनुभएको छ । भैँसी संरक्षण, संवद्र्धन र प्रवद्र्धन अभियानमा उत्कृष्ट रहेको पनौती नगरका सापकोटालई पशु सेवा विभाग हरिहर भवनमा आयोजित विशेष समारोहमा कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलले दोसल्लासहित सम्मानपत्र प्रदान गुर्नभएको थियो । पनौतीमा रहेर कृषि तथा पशुपंछीका क्षेत्रमा थालनी गर्नु भएका कार्यक्रमहरुको देशव्यापी रुपमा चर्चा हुँदै आएको छ ।
