राष्ट्रिय भूमि आयोगको गत असार २१ गते बसेको बैठकले भूमिबिहिन बसोबासीलाई र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन स्थानीय सरकारलाई निर्देशन गरेको छ । भूमि आयोगका कानुन अधिकृत गोकुल भुजेलले पठाएको परिपत्रमा नियम ४१ घ को उपनियम (१) सँग सम्बन्धीतको बुदा नं ९ र भूमिहिनहरुको लगत संकलन सम्बन्धी कार्यविधी २०७८ को दफा ६ को उपदफा (२) अनुसारको अनुसार तहगत क्षेत्र निर्धारण गाउँपालिकाको हकमा ग्रामीण क्षेत्र र सोहिउन्मुख क्षेत्र भूमिहिनलाई उपलब्ध गराउने जग्गाको क्षेत्रफल र दस्तुरको निर्धारण गरी यथा सक्य छिटो सम्पन्न र सहजीकरण गर्न सबै जिल्ला समितिलाई राष्ट्रिय भूमि आयोगले निर्देशन सहित पत्र पठाएको छ ।
