IMG-LOGO

पनौतीमा जेसीज सप्ताह सम्पन्न

 मंगल, सावन ३०, २०८०  ---

 

   शासन व्यक्तिको होइन विधिको हुनुपर्दछ ।” भन्ने मुल  नाराका साथ पनौतीमा मिति २०८० श्रावण २० बाट सुरुभएको जेसीज सप्ताह मिति २०८० श्रावण २७ गतेका दिन इन्द्रेश्वर क्याम्पसमा पनौती नगरपालिका नगर प्रमुख श्री रामशरण भण्डारीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा नेपाल जेसीजका अन्तराष्ट्रिय प्रशिक्षक मिलन गुरुङ्ग, पनौती निवासी नेपाल सरकारका उपसचिव रामकुमार सापकोटा लगायतका पनौतीका विभिन्न सघंसस्थाका अध्यक्ष र प्रतिनिधिहरुको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न तालिममा सहभागीहरुलाई प्रमाणपत्र तथा वक्तृत्वकला प्रतियोगीतामा प्रथम भएका अरुणेदय मा.वि.का विश्वास दाहाल प्रथम, काभ्रे मा.विका गरिमा सापकोटा दितिय र तृतिय भएका भुमिमाता मा.वि.का रोशन तामाङ्गलाइ नगरप्रमुख रामशरण भण्डारीबाट प्रमाणपत्र र पुरस्कार वितरण गरि समापन गरिएको जानकारी पनौती जेसीजका अध्यक्ष राजेन्द्र महाजुले बताउनु भयो  ।

   अतिथि रामकुमार सापकोटाले विश्व समुदायको साझा लक्ष्य सहशताब्दी लक्ष्य अनुरुप पनौती जेसीजले सञ्चालन गरेको वृक्षारोपण, स्थानीय उत्पादनमा पोषण, साइबर सुरक्षा कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनको सफलताको शुभकामना दिनु भयो । त्यसै गरि नेपाल जेसीका अन्तराष्ट्रिय प्रशिक्षक जेसीआइ सिनेटर मिलन गुरुङ्गले व्यतिmत्व र नेतृत्व विकासले मात्र मानिस सफल हुने भन्दै आगामी दिनमा आवश्यक साथ र सहयोग दिने वचन दिनुभयो ।

   पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी ले पनौती जेसीजले समुदायको विकास र जागरणको कार्यले नगरसगँ हातेमाले सदैव गर्ने साथ दिने र पनौती जेसीजले आयोजना गरेको स्वास्थ्य परिक्षण, वृक्षारोपण, स्थानीय उत्पादनमा पोषणतत्वको महत्व, साइबर सुरक्षा कार्यक्रम, प्रभावकारी भएको बताउनुभयो । पनौती जेसीज वर्ष २०२३ रजत वर्षका अध्यक्ष राजेन्द्र महाजुले समुदायमा आधारित भएर पनौती जेसीजले समुदायिक र सदस्यहरुको विकास गर्ने लक्ष्य रहेको भन्दै आगामी दिनहरुमा १८ देखी ४० वर्ष सम्मका युवाहरु जेसीजमा सदस्य हुन सक्ने हुनाले सदस्यताको लागि आग्रह गर्नु भायो । पनौती जेसीज सप्ताह मुल सप्ताह संयोजक सिजन सुधाकारले मन्तव्य राख्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्