IMG-LOGO

बनेपामा सुरु भयो हेभेल्ली निर्मार्णापाथ उपचार

 मंगल, सावन ३०, २०८०  ---

 

   हेभेल्ली निर्मार्णापाथ विधिबाट बनेपामा उपाचार सेवा शुरु भएको छ । अलौकिक शक्तिको प्रयोगबाट हुने उपाचारले प्यारालाइसीस, माइगे्रशन भएका, गर्धन बाङ्खो भएकाहरुको समेत सफल उपचार भएको कुरा स्थानीय शोक सुधार भैलले काभे्रटाइम्सलाई बताउनुभयो । बागमती प्रदेश सांसद कञ्चनचन्द्र वादेको प्रमुख आतित्थ्यतामा शनिबार कायस्ठ वैन्क्वेट बनेपामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल,बनेपा वडा नं ९ का अध्यक्ष नृपेश वादे, ५ नं वडा अध्यक्ष बलराम सापकोटा, ७ नं वडा अध्यक्ष हिटलर  शाक्य, सामुदायिक रेडियो प्रसारक संघ काभे्र संयोजक रमेशप्रसाद न्यौपाने लगायतको आतित्थ्यता रहेको थियो । गत श्रावन १७ गते देखी २६ गते सम्म सञ्चालित सेवाले १६ हजार ५ सयले स्वास्थ्य लाभ लिएका छन् । हेभेल्ली निर्मार्णापाथ बनेपा नगर समितिका अध्यक्ष प्रज्वल भैलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुष्पकाजी श्रेष्ठ, शोक सुधार भैल, गोपाल भक्त बैदार, मुनेश्वर कायस्थ र अर्जुन दास श्रेष्ठ लगायतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको संचालन बिकास श्रेष्ठले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्