बनेपा नगरपालिकामा सञ्चालित रहेका उद्यमी व्यवसायीहरुले सञ्चालन गरेको भोमी बहुदेशीय सहकारी संस्था लि. र झीगु भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि प्रसंसा पत्र सहित सम्मानित भएका छन् । राष्ट्रिय सहकारी बैंकको १९ औं साधारण सभामा ०७८÷०७९ मा बनेपामा आर्थिक कारोबार विधामा उत्कृष्ट कारेबार गरेबापत सहकारी संस्थालाई सम्मान गरेको कुरा झीगु भिन्तुना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरनाथ बादेले काभे्रटाइम्सलाई बताउनुभयो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी उपे्रतीले एक समारोहका बिच सम्मानित गरेको कुरा सहकारीकर्मी हरि बहादुर श्रेष्ठले बताउनुभयो ।
