IMG-LOGO

कानुनी तथा स्वास्थ्य सचेतना कार्यक्रम

 मंगल, सावन ३०, २०८०  ---

 

   सिर्जनशिल महिला जागरण अभियान को आयोजनामा कानुनी तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । महिला आधारशिला साकोसको समन्वय तथा टेवा नेपालको आर्थिक सहयोगमा १ दिने किशोरी शिक्षा अन्तर्गतको कार्यक्रम पनौति ब्यान्क्यैटमा सम्पन्न भएको हो। पनौतिमा रहेकोे  काभ्रे स्कुलका ५८ जना किशोरीहरुलाई अन्तरक्रिया सहित प्रशिक्षण दिइएको  बताइएको छ । स्वास्थ्य प्रशिक्षकका रुपमा दिब्यश्वरी लाखे तथा कानुन प्रशिक्षक जमुना पसछेले सहजिकरण गर्नु भएको थियो भने संस्था तथा कार्यक्रमका बारेमा संस्थाका अध्यक्ष कमला कायस्थले प्रष्ट पार्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्