काभे्रको भुम्लु गाउँपालिकाले एसईई उत्तिर्ण छात्रछात्रालाई जनही रु एक लाख एक कार्यक्रमबिच सम्मान गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा एसईइ परीक्षा दिएकामध्ये उत्कृष्ट एक छात्र र एक छात्रालाई सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्ष पे्रमबहादुर भुजेल र उपाध्यक्ष जितेन्द्र मान तामाङले अरुणेदय माध्यमिक विद्यालय सिमथलीकी छात्रा सोनिया खड्का र प्रकास मावि भुम्लुटारका सन्देश उपे्रतीलाई जनही रु एक लाख संयुक्त रुपमा सम्मान गर्नुभयो । यस्तै गाउँपलिका भित्रका माध्यामिक विद्यालयतर्फ एसईई परीक्ष औसत सर्वोत्कृष्ट अङ्क ल्याउने विषयगत आठ शिक्षकहरु सुस्मिता न्यौपाने, अंगे्रजी शिक्षक श्री सतिदेवी मावि चौवास, मन्दिरा कुँवर, नेपाली शिक्षक श्री सतिदेवी मावि चौवास, अकिन्द्र विष्ट गणित शिक्षक सतिदेवी मावि चौवास खगेन्द्र तिमल्सिना, , स्वास्थ्य वातावरण जनसंख्या शिक्षक सतिदेवी मावि चौवास बिर बहादुर थापा, कार्यालय संचालन तथा लेखा शिक्षक सतिदेवी मावि चौवास सरिता स्याङ्त्यान, विज्ञान शिक्षक श्री वाग्देवी मावि मुलावारी रामप्यारी श्रेष्ठ, अर्थशास्त्र र सामाजिक विषयमा सर्वाेत्कृष्ट अङ्क ल्याउने शिक्षकहरुलाई पनि जनही रु पच्चिस हजारका दरले सम्मान गरिएको छ । कार्यक्रममा अध्यक्ष भूजेलले हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीमा अध्ययनप्रति उर्जा एवं प्रोत्साहन प्रदान गर्न गाउँपलिकाले एसईईमा उत्कृष्ट छात्राछात्रलाई सम्मान गर्ने परम्पराको सुरुवात गरिएको बताउनुभयो । उपाध्यक्ष तामाङले सामुदायिक विद्यालयप्रति विद्यार्थीलाई आकर्षण गर्न र सामुदायिक विद्यालयमा गुणस्तिरीय शिक्षाको सकारात्मक सन्देश प्रवाहको लागि सम्मान गरिएको जानकारी दिनुभयो । गाउँपालिकाभित्र सर्वोकृष्ट छात्रा खड्काले ३ दशमलब २० र छात्र उपे्रतीले ३ दशमलब ५५ अङक प्राप्त गरेका थिए ।
