IMG-LOGO

के छ ? ठीक छ ।

 मंगल, सावन ३०, २०८०  – भोला के.सी.

 

 

परिचित कोही भेटेपछि हालचाल बुझ्न खोजें,

सोधेंके छ ? उत्तर आयो ठीक छ । फेरि सोधें,

अनुहार त मलि न देखिन्छ त ?

बूढी विरामी परेर राती अस्पतालमा बसेको निन्द्रा पुगेन,

किन के भयो र दुलहीलाई ? स्तन क्यान्सर भएछ ।

अचम्म ! त्यस्तो हुँदा पनि उसको उत्तर आयो ठीक छ ?

अर्को संग सोधेंके छ ? उसको पनि जवाफ उही ठीक छ ।

फेरी सोधें टाउको मुण्डन किन गरेको नि ? भन्छ काका वितेर ।

काकाले त तिमीलाई खुब माया गर्नु हुन्थ्यो हैन ? अं बाले भन्दा नि बढी ।

सोचें त्यस्तो बेलामा पनि कसरी सहजै ठीक छ भन्न सकेको होला उसले,

दाउरा चिर्न बोलाएको माइला टुपलुक्क आयो, सोधें के छ ? भन्यो ठीकै छ ।

घुडां तिर हेर्दै भनें कट्टुले त शौता खोजेछ त? भन्यो अब दशलौंई फेर्नुपर्छ,

एउटा डेढसयको कट्टु फेर्न पनि दशैं पर्खनेले किन भन्यो ठीक छ है भनेर ?

नेतागिरी गथ्र्याे एउटा आफन्त अहिले त उ ठुलै पदमा पुगेको,

गाडीमा आउंदै रहेछ देख्यो र रोक्यो, सोधेंके छ ? भन्यो ठीक छ ।

अनि अहिले कता त, नि कै हतारमा देख्छु ?भ न्यो विपक्षीले तस्करी काण्डमा

फसाउन खोजेका छन् र तारिख पोतधाउंदैछु म त ।

मनमा त्यत्रो पीडा बोकेर पनि सहजै ठीक छ भन्यो त्यसले पनि ,

व्यापारी भेटेंबाटामा सोधेंउसलाई पनि के छ ? भन्यो के हुनु वेहाल छ ।

सोधें मोटा मोटा सिक्री र व्रासलेट सुनकै लाएका छौ त वेहाल कसरी भयो ?

कोरोना पछि त व्यापार घटेर मासिक मुनाफा पांचलाख पुर्या उनेरहर टाढा गयो ।

जग्गा कारोबारी भेटेंर सोधेंके छ? भन्यो के हुनुखत्तम छ आर्थिक मन्दिले,

कारोबार ठ्याक्कै घटेको छ, बुढीलाई तीजमा सजाउन सकिन सुनको वन्दिले,

सोधे तिमी त झुपडीमा बस्थ्यौ खान धौ धौथ्यो ऐले भव्य महल छ घरघडेरी अनि,

कसरी भयो त खत्तम ? अति उत्तम नै देख्छु, निजी गाडी चढ्छौ दायाबयां गर्न पनि,

ठीक छ भन्नेपनि पीडा पोख्ने, वेहाल छ भन्नेपनि असन्तुष्ट नै,

कसलाई के भन्ने त सबैको रेडीमेड उत्तर मात्र यथार्थ नवोल्नेक्वै,

हचुवामा सबैकुरा ठीकै वा वेहाल जेभने पनि यथार्थता ओझेलमा परेको,

वास्तिकता भनौं सुनाऔं बनावटी हैन हांसो वा पीडा त्यसका लागि आग्रह गरेको,

औपचारिकता निभाउन भ्रममा नपरौं नपारौं भनेर मैले आग्रह गरेको ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्