संघीय, प्रदेश र स्थानीय सरकारलाई जोड्ने समन्वय तथा अन्तर सम्बन्ध समितिको सदस्यमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु नियुक्त हुनुभएको छ । अर्थमन्त्री विष्णु पौडेल अध्यक्ष रहेको समितिमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सात जना मन्त्रीहरु सदस्य रहेका छन् । अर्थमन्त्रालयको वित्तीय संघियता समन्वय महाशाखाको मन्त्रीस्तरीय निर्णयले धुलिखेल नगरपालिकाका प्रमुख ब्याञ्जुलाई सदस्यमा नियुक्ति गरेको हो । उक्त समितिमा विषयगत समितिले विषयसँग सम्वन्धित क्षेत्रका योजना, नीति तथा कानुनको तर्जुमा गर्दा प्रदेश तथा स्थानीय तहसँग परामर्श गर्नेछ ।
