जिल्ला प्रहरी कार्यालय काभे्र आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादन मुल्याङ्कनमा सवौकृष्ट भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभे्र बागमती प्रदेशकै कार्यसम्पादनमा सर्वोकृष्ट भएको घोषणा गरेको हो । कार्यक्रममा गत आ.व को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा प्रथम हुने जिल्ला प्रहरी प्रदेशका जि.प्रका नुवाकोट, धादिङ, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर क्रमशः कार्यसम्पादनमा उत्कृष्ट भएको भन्दै प्रसंसा पत्र प्रदान गरिएको थियो । चालु आ.व को लागि बागमती प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय १०, बागमती प्रदेश , प्रहरी तालिम केन्द्र दुधौली , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन, नेपाल प्रहरी विषेश सुरक्षा गण रातोमाटे, बागमती प्रदेश गण हेटौंडा गरी जम्मा १४ वटा कार्यालयका प्रमुखहरुसँग प्रदेश प्रहरी प्रमुखले कार्यसम्पादन सम्झौता गरेका थिए ।
जिला प्रहरी कार्यालयको लागी ३७ वटा, ट्राफिकको लागि २१ र अन्य, कार्यालयको लागि १३ वटा वार्षिक कार्यसम्पादन क्रियाकलापहरु प्रदान गरिएको छ । कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले गतं आव २०७९÷०८० को वार्षिक कार्यसम्पादन सम्झौताको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा मातहतका प्रहरी प्रमुखहरुले गत आ.व को प्रगतिको तुलनात्मक प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किरण राणाले बागमती प्रदेश अन्र्तगतका प्रहरी प्रमुखहरुसँग आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यसमपादन सम्झौतामा हस्ताक्षर कार्यक्रम समेत गर्नुभएको थियो ।
