IMG-LOGO

सहकारीले आत्मनिर्भरको मार्ग पहिल्याउनु पर्छ सहकारी विज्ञ ः प्रधानाङ्ग

 मंगल, सावन ३०, २०८०  ---

 

   बनेपा, सक्षम बचत तथा ऋण सहकारी संस्था. लि बनेपाको २९ औं स्थापना दिवस तथा १६ औं जेष्ठ सदस्य जन्मोत्सव कार्यक्रममा बोल्दै सहकरी विज्ञ कैलाश भक्त प्रधानाङ्खले सहकारी संस्थहरुले आत्मनिर्भरको मार्ग पहिल्याउने गरी सदस्यको आर्थिक समृद्धिको यात्रा गन्तव्यमा पुग्ने गरी योजनावद्ध ढङ्खले अघि बढ्नुपर्ने धारणा राख्नुभयो । सक्षम साकोस बनेपाले शुक्रबार अयोजना गरेको कार्यक्रममा मन्तव्यको क्रममा बोल्दै सहकारी विज्ञ प्रधानाङ्खले सञ्चालकहरुले साहुकारीको भूमिका खेल्ने र सहकारी नीति, सिद्धान्त, पद्दती, र प्रविधिलाई लत्याएर आफू धनि हुने प्रपन्चमा लागेको र राज्यका सम्बन्धीत निकाय मुकदर्शक बनेकाले सहकारी क्षेत्रमा विकृति मौलाउको उल्लेख गर्नुभयो । नीति, विधि र प्रविधिको उच्चतम प्रयोग गरेर शेयर सदस्यहरुको जीवन बदल्न लागिपरेका सहकारीहरु छन् ! तिनीहरुको संरक्षण र सम्बद्र्धनमा राज्यले ध्यान केन्द्रित गर्नुपर्ने कुरा सहकारी विज्ञ प्रधानाङ्खले सुझाव दिनुभयो । जिल्ला बचत संघ काभे्रका सञ्चालक एवं सामुदायिक रेडियो प्रसारक संघ काभे्रका संयोजक रमेश प्रसाद न्यौपानेले सरकारका सम्बन्धीत निकायले सहकारी र स्थानीय सरकारले अनुगमन नगर्दा सहकारी क्षेत्रको बेथिति मौलाएर शेयर सदस्यहरुको लगानी र बचतकर्ताको बचत जोखिममा परेर सहकारीहरु धारासायी भएको उल्लेख गर्नुभयो । सहकारी सञ्चालकहरुले गलत ढङ्खबाट लगानी गरी आफैं साहु हुन खोज्नेलाई सरकारले दण्डीत गर्ने, देशमा समुदायमा आधारित गरीबी निवारणमा सहयोग पु¥याउने राज्यका अर्थ खम्बाको रुपमा रहेका सहकारीहरुलाई प्रोत्साहित गरी पुरस्किृत गर्नुपर्ने तर्क जिल्ला बचत संघ काभे्रका सञ्चालक न्यौपानेले गर्नुभयो । गरीबी उत्थान साकोस नगदेश भक्तपुरका अध्यक्ष रञ्जनदेवी प्रधानाङ्ख, संस्थापक सदस्य एवं जेष्ठ नागरिक संयोजक मणिराज श्रेष्ठ, चेष्टा साप्ताहिकका सह सम्पादक लक्ष्मण तिमल्सिना लगायतले मन्तव्य राख्नुभएको थियो ।

   संस्थाकी प्रबन्धक पार्वती थापाले सक्षम साकेस बनेपाले जेष्ठ नागरिक सम्मान, गरिबिको रेखामुनी रहेका सदस्यहरुलाई ऋण लगानी गरेर उद्यमी बनाउने कार्य गर्दै सक्षमको सक्षमता कायम राख्न सकेको बताउनुभयो । उक्त कार्यक्रममा रामप्रसाद बजगाई, भक्तलाल श्रेष्ठ, कदमकुमारी जोशी र विनोदलाल श्रेष्ठको शुक्रबार जन्मदिन मनाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष रमेशकाजी श्रेष्ठले सहकारी क्षेत्रको स्थिायित्व र विकास गर्न राज्यका निकायहरुले दुरदृष्टि लगाई राम्रालाई पुरस्किृत र वेथितिमा रहेकालाई दण्डीत गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रमको सञ्चालन भवानी जोशीले गर्नुभएको थियो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्