IMG-LOGO

शरदलाई जिताउने अभियानमा तिब्रता

 मंगल, सावन ३०, २०८०  ---

 

   ‘मेरो भ्वाइस युनिभर्स’ को रियालिटी सो को टप ५ मा पर्न सफल पनौतीका युवा शरद हुँमागाइलाई विजयी गराउन काभे्रलीहरु एकजुट भएका छन् । शुक्रबार शरदलाई जिल्ला समन्वय समिति प्रमुख दिपक कुमार गौतम नेतृत्वको टिमले साँगामा भव्य स्वागत गरेको थियो । बनेपा, पनौती, बेथान्चोकमा विभिन्न साँस्कृतीक कार्यक्रम गर्दै उनले भोटको अपिल गरेका छन् । पनौती नगरपालिका वडा नम्बर–२ स्थित कुशादेवीका युवा शरद हुमागाई फाइनल चरणमा प्रवेश गरेसँगै जिल्ला समन्वय समिति, नागरिक समाज, राजनीतिक दल, स्थानीय तह, सांसदहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले अग्रिम बधाई तथा शुभकामना साथै मतदान गर्न अपिल गरिरहेका छन् । सानैदेखि सङ्गीत प्रति रुचि राखेको भए पनि कतै सङ्गीत सिक्न नपाएका शरद दोस्रो लोकप्रिय मतसँगै फाइनालिस्टमा आफूलाई सुरक्षित गर्न सफल भएका हुन् ।

   इन्ट्रा–नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउण्डेशस अमेरिकाको आयोजनामा भएको ‘मेरो भ्वाइस युनिभर्स’ नेपाल टेलिभिजनबाट प्रत्येक बुधबार र बिहीबार प्रशारण भइरहेको छ । कार्यक्रमको ग्रान्ड फिनाले आगामी भाद्र २ गते ललितपुर गोदावरी स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा साँझ ५ बजेदेखि हुने जनाइएको छ । विजेताले १ करोड जित्नेछन् भने द्वितीय हुनेले ३० लाख र तृतीय हुनेले २० लाख नगदसहित सम्मान पाउने इन्ट्रा–नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउण्डेशस अमेरिकाले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्