IMG-LOGO

मण्डनदेउपुर नगरपालिकामा लम्पी स्किन रोग विरुद्ध खोप सप्ताह

 मंगल, सावन ३०, २०८०  ---

 

   मण्डनदेउपुर नगरपालिकाले गाई र भैंसीमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप सप्ताह शुरु गरेको छ । नगरपालिकाले बिहिबार १२ वटै वडामा सप्ताह ब्यापी निशुल्क खाप अभियान सञ्चालनमा ल्याएको हो । खोप सप्ताहका लागि १० जना पशु सेवा प्राविधिक परिचालित छन् । वडा नं ३, ४ तथा ७ र ८ हेर्ने गरी एक÷ एक जना प्राविधिक खटाइएको छ भने बाँकी प्रत्येक वडामा एक ÷एक जना प्राविधिक खटाइएको पशुपक्षीं शाखा ध्रुव प्रसाद पराजुलीले जानकारी दिनुभयो । नगरप्रमुख टोक बहादुर वाईबाले वडाका जनप्रतिनिधि,दुग्ध उत्पादक सहकारी संस्था दुग्ध संकलन केन्द्र, तथा टोल विकास संस्थाका पदाधिकारीहरुलाई आ–आफ्नो टोल बस्तिमा खोप लगाउन आएका भ्याक्सिनेटरहरुलाई खोप लगाउने कार्यमा सहजिकरण तथा सहयोग गरिदिन आग्रह गर्नुभयो ।

   नगरपालिकामा पछिल्लो समय गाई भन्दा भैंसी लम्पी स्किन रोगको संक्रमणबाट प्रभावित हुन थालेको बताइएको छ । नगरपालिकाले लम्पी स्किन रोग देखा परेदेखि नै निःशुल्क खोप लगाउँदै आईरहेको छ । नगरपालिकाले यसअघि ६ हजार ४५७ वटा गाई र १५० वटा भैसी गरी जम्मा ६ हजार ६०७ वटामा लम्पी स्किन रोग विरुद्धको खोप निःशुल्क लगाइसकेको छ । नगरपालिकाकोे सबैभन्दा बढी प्रभावित वडा वडा नं १ हो । यस वडामा २५७ वटागाई र १ वटा भैंसी गरी २५८ वटा प्रभावित भएका थिए । जसमा ३५ वटा गाई मरेका छन् । नगरपालिकामा हालसम्म ७८ वटा गाईको लम्पी स्किन रोगका कारण मृत्यु भैसकेको पशुपंक्षी शाखा प्रमुख पराजुलीले बताउनुभयो । नगरपालिकाले बैशाख ३१ गतेदेखि निःशुल्क खोप लगाइरहेको जनाएको छ ।

 

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्