गणेश घिमिरे र पार्बती बानियाँको ’देख्छु सपनी (नानी पाल्पाली–२)’ सार्बजनिक भइ बजारमा आएको छ । लोकप्रिय गायक संगम थापा तथा नव गायिका मन्दिरा मिश्रको आवाजमा रहेको नानी पाल्पाली भर्खरै सार्बजनिक भएको हो । यस गितमा अशोक सापकोटाको शब्द रहेको छ भने लय राम कुमार के.सी र संगम थापाको रहेको छ । एरेन्जर मिक्सिङ्ग नारायण दंगालले गरेको यो गीतमा रुपा राना, सुमन कालिकोटे सुदर्शन अधिकारिको अभिनय रहेको छ । गितको निर्देशक उमेश कार्की (युके) ले रहेका छन । गनगन इन्टरटेन्मेन्टले निर्माण गरेको यो गितको सम्पादन रोसन धितालले गरेका हुन । पुरानो नानी पाल्पाली उद्धब कार्की, संगम थापा, गिता देवि, सीता थापाको आवाजमा रहेको गितलाई रेकर्डिङ गरिएको हो । रेकर्डिङ स्टुडियो म्युजिक प्लस, गंगबु । रेकर्डिस्ट गोपाल दयाल । काठे लोक दोहोरी गित हो ।
