बनेपाको वडा नं ८ लायकुमा रहको तलापुखुफु पोखरीमा एक युवाको शव फेला परेको छ । रोशी गा.पा ५ का ३४ वर्षिय धर्मसिं तामाङको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको थियो । उक्त शवलाई पोष्टर्माटमका लागि धुलिखेल अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएसपि रेशम वोहोराले जानकारी दिनुभयो । यस्तै मण्डनदेउपुर न.पा ९ मा शनिबार साँझ अन्दाजी ५० वर्षिय सानाकान्छा सार्किको शव फेला परेको छ । शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पताल ल्याइएको छ । सानाकान्छाको मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
