IMG-LOGO

लायन्स क्लव अफ काभे्रको अध्यक्षमा सरिता

 मंगल, सावन ३०, २०८०  ---

 

   लायन्स क्लव अफ काभे्र बनेपाको २०२३÷२०२४ को अध्यक्षमा सरिता पलाञ्चोके निर्वाचित हुनुभएको छ । बनेपा नगरपालिका शान्तिरत्न शाक्यको प्रमुख आतित्थ्यतामा शनिवार पदस्थापना कार्यक्रम समपन्न भई लायन्स क्लव अफ काभे्र बनेपाका वर्ष २०२२÷२०२३ को अध्यक्ष पदम सुन्दर श्रेष्ठले २०२३÷२०२४ को अध्यक्ष सरिता पलाञ्चोकेलाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्नुभयो । उपाध्यक्षहरु इश्वर महाजु, सुरज मकै, निरु बैदार, सरोज तिमल्सिना, सचिव दिब्यश्वरी पोटे, श्रेष्ठ र कोषध्यक्ष जयन्द्र वादे रहनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शुरकृष्ण बैद्य, डिस्ट्रिक गभरनर लायन दिपककृष्ण प्रजापति, नेपाल पत्रकार महासंघ काभे्र अध्यक्ष बद्रीराज तिमल्सिना, बनेपा नगरपालिकाका वडाध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधि र लायन्स क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्