IMG-LOGO

जनप्रतिनिधिले एक वर्ष गरेको कामको समिक्षा

 मंगल, सावन ३०, २०८०  – हरिनाथ न्यौपाने 

 

 

   नेपाली कांग्रेसका केन्द्रिय सदस्य जितजंग बस्नेतले लोकतन्त्र र प्रजातन्त्रका लागि नेपाली कांग्रेस सबैसँग लड्न तयार भएको बताउनुभएको छ । कांग्रेसको आन्तरिक विशेष अभियान अन्तर्गत स्थानिय तहका जनप्रतिनिधिहरु सँगको वार्षिक समिक्षा कार्यक्रमलाई शनिबार बनेपामा सम्बोधन गर्दै उहाँले कांग्रेसले राजा र सेनासँग पनि लडेको स्मरण गराउँदै लोकतन्त्र र प्रजातन्त्रका लागि जोसुकैसँग लड्न तयार भएको उल्लेख गर्नुभयो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले नै माफिया र तस्करी तन्त्रको नेतृत्व गरेको अराोप लगाउँदैे उहाँले प्रचण्डले आफ्ना नेताहरु बचाउन खोजेको जिकिर गर्नुभयो । नेपाली कांगे्रसका पूर्व केन्द्रिय सदस्य शिबप्रसाद हुमागाईले जनताको सेवामा लाग्न र शुसासन कायम राख्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । नेपाली कांगे्रस बागमती प्रदेशका महामंन्त्री तथा प्रदेश सांसद कञ्चनचन्द्र वादेले पार्टी र जनप्रतिनिधिबीचको खाडल पुर्नुपर्ने भन्दै जनहितका काम गर्न अपिल गर्नुभयो  । नेपाली कांगे्रस काभे्रका सभापति तथा बागमती प्रदेश खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जनप्रतिनिधिहरुले निर्वाचित भएपछिको एक वर्षमा गरेको कामको समिक्षा गरेका थिए । जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, बनेपा नगरपालिका मेयर शान्तिरत्न शाक्य, पनौति नगपालिकाका मेयर रामशरण भण्डारी, नमोबुद्ध नगरपालिकाका मेयर कुञ्साङ लामा, बेथान्चोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, मण्डनदेउपुर नगरपालिकाका  उप प्रमुख बिस्णुमणि नेपाल, धुलिखेल नगरपालिका उप प्रमुख निराजन जंगम , चौरीदेउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर तामाङ, भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामा, महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तान, खानीखोला गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले आ आफ्नो पालिकाको कार्यसमिक्षा प्रस्तुत गरेका थिए भने पाँचखाल नगरपालिका प्रमुख महेश खरेल कार्यक्रममा अनुपस्थित रहदा नगरपालिकाका प्रबक्ता संजय लामाले मौखिक रुपमा आफ्नो नगरको समिक्षात्मक भनाई राख्नुभयो । नेपाली कांगे्रस काभे्रका सचिव गुणराज मोक्तानले सञ्चालन गरेको उक्त कार्यक्रममा नेपाली कांगे्रसका तर्फबाट निर्वाचित वडाअध्यक्षहरु, सदस्यहरु, भातृ एवं शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरु, कृयाशिल सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्