IMG-LOGO

वन विकासलाई उद्योग सँगै जोडी रोजगारी श्रृजना गर्नु छ एमाले अध्यक्ष ः ओली

 मंगल, सावन ३०, २०८०  ---

 

   नेकपा एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक वन दिवसको अवसरमा धुलिखेल नगरपालिका वडा नं २ रवि ओपी मा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा बोल्दै  भन्नुभयो देशको कुल भूभागको ४६ प्रतिशत भाग वन क्षेत्रले ओगटेको बताउँदै वन तथा वातावरण क्षेत्रको संरक्षण गरी वनक्षेत्रको वैज्ञानिक व्यवसायिक विकास गरी उद्यम सँग जोडेर रोजगारीको श्रृजना गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो । सामुदायिक वनक्षेत्रको स्थायित्व र विकास गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले समन्वय र सह कार्य गरेर हरेक वर्ष वृक्षारोपण गर्ने, त्यसको संरक्षण गर्ने, सम्र्बद्धन गर्ने नीतिगत योजना अघि सारेर उद्यमशिलताको विकास गरी उद्यम सिलताको विकास गर्न एमाले अध्यक्ष आलिले निर्देशन दिनुभयो । भौगोलिक अवस्था, सम्भाब्यताको अध्ययन गरी वन क्षेत्रलाई आय आर्जन क्षेत्रको विकास गरी वातावरण संरक्षण गर्दै देशलाई नै हराभरा बनाउन लाग्नुपर्ने तर्क पूर्व प्रधानमन्त्री केपी ओलीले गर्नुभयो । नेकपा एमाले काभे्र अध्यक्ष अशोक व्यञ्जुले स्वागत मन्तव्य राख्दै काभे्र जिल्ला कम्युनिष्टहरुको किल्ला भएको, यहाँको विकास र समृद्धिको सवालमा अगे्रणी भूमिका खेलेको बताउनुभयो । एमाले अध्यक्ष व्ञजुले धुलिखेल नगरले १ लाख बोट बिरुवा रोप्ने योजना अघि बढाए अनुसार १७ हजार विरुवा वृक्षारोपण गरेको आगामी वर्ष ५० हजार विरुवा रोप्ने र धुलिखेललाई ग्रीन सिटीको रुपमा विकास गर्ने बताउनुभयो । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज गुरु वरालले वन क्षेत्रलाई नयाँ ढंगबाट परिभाषित गरेर वातावरण संरक्षण अभियानमा एकतावद्ध गर्दै व्यवसायिक विकास गर्नुपर्ने तर्क गर्नुभयो । एमले पोलिटब्यूरो सदस्य एवं काभे्र प्रतिनिधि सभा क्षेत्र नं २ का सांसद गोकुल बासकोटाले सरकार सञ्चालन गर्ने सतधारीहरले सत्य, न्यायम र समानताका आधारमा कार्य नगरेकाले जनताहरुले खवरदारी गरीराख्नुपर्ने कुरा राख्नुभयो । सामुदायिक वन दिवसको अवसरमा नेकपा एमाले काभे्रका संयोजनमा, एमाले धुलिखेल नगरकमिटीको आयोजनामा गरेको वृक्षारोपण कार्यक्रम नेकपा एमाले वन विभाग प्रमुख एवं बागमती प्रदेश सांसद भारती पाठकको सभापतित्वमा सम्पन्न भयो । कार्यक्रममा ओली धर्मपत्नि राधिका शाक्यको पनि आतित्थ्यता रहेको थियो । उक्त कार्यक्रममा एमाले अध्यक्ष ओलीले वर र पिपलको विरुवा रोप्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्