IMG-LOGO

अन्यायमा परेका दुई पात्र

 मंगल, सावन ३०, २०८०       आर. एल. श्रमजीवी

   महाभारत कथामा सबैभन्दा ठूलो अन्यायमा परेका दुई पात्र छन्– बर्बरकि र कर्ण । दुवैलाई अन्यायमा पार्ने काम कृष्णबाटै भएको हुनाले मानिसहरू ति दुई महान् पात्रका बारेमा धेरै चासो राख्दैनन् । महाभारतमा कृष्णको छवि भगवान्का रूपमा छ । शिशुपाल, कंस र जरासन्धजस्ता लडाकूहरू कृष्णका शत्रु मानिन्छन् । त्यसैले तिनलाई घृणापात्रका रूपमा पििरचत गराइएको छ। तर, बर्बरकि महाभारतकालका सबैभन्दा विद्वान् र सबैभन्दा बहादुर थिए । तिनी कृष्णका भक्त थिए । तर, तिनी जहिले पनि हरुवाको पक्ष लिन्थे । कौरवको पराजयप्रति आश्वस्त भएका कृष्णले अन्तिम घडीमा बर्बरकिले कौरवको पक्ष लिन्छ भन्ने बुझेर उसलाई महाभारत युद्धबाट बाहिरै राखे। कृष्णको मीठो वचनको सिकार भएर उनले महाभारत युद्धमा भाग लिन पाएनन् । यस्तै अर्का बहादुर, न्यायी र असल पात्र थिए, कर्ण । तिनी पनि कृष्णका विरोधी थिएनन्। तर, कृष्णकै कारण महाभारत युद्धमा उनी भूमिसात भए ।

   कर्णलाई नायक बनाएर कथा रचेको कतै पढ्न पाईन्न । उनीप्रति सहानुभूति त महाभारत कथाले नै जन्माइदिन्छ । तर, महाभारतले उनीप्रति न्याय नगरेको हुनाले अरूले पनि कर्णलाई महानायक बनाउने कोसिस गरेनन्। किनभने, कर्णको महानताको गाथा गाउँदा कृष्णको महत्ता स्वतः कमजोर हुन्थ्यो । महाभारत कथामा  कर्ण महाज्ञानी देखिन्छन् । युद्धमा हारनिे कुरा पनि उनलाई थाहा छ । युद्धको परिणाम कृष्णको इच्छामा भर पर्छ भन्ने ज्ञान पनि उनीसँग छ । पाण्डव पक्षमा जाँदा सबै खालको राज्यसुख भोग्न पाइन्छ भन्ने पनि उनलाई थाहा छ । कौरव पक्षमा लाग्नु भनेको जानी जानी मृत्यु अँगाल्नु हो भन्ने पनि उनी जान्दछन् । तर पनि कर्ण आफ्नो विवेक त्याग गर्न मान्दैनन् । कृष्णले देखाएका सबै खाले लोभलालचको तिरस्कार गर्दै उनी भन्छन्, ’यहाँ मता कौरवकै हिताय, जो नुन खाएँ उसकै छ काय, यो युद्धमा सैनिक एक बन्छु, छोडेर यो अन्तिम देह जान्छु ।’

   आफूले मनाउन नसकेपछि कृष्णले कुन्तीलाई कर्णसमक्ष पठाउँछन्। कुन्तीले कुमारी आमा हुनुको पीडा, आफ्नो मनको चोटको बखान गर्दै कर्णलाई आफ्नो जेठो छोरो भएर पाण्डवतिर लाग्न अनुरोध गर्दा कर्ण भन्छन्, ’आमा र्फकनुहोस् गयो प्रहर ता छाए रवि व्योममा, बिर्सी कर्ण पाण्डवसँगै बस्नोस् उतै हर्षमा, ‘छोडी कौरवसाथ पाण्डवसँगै जाँदा स्वयम् मर्दछु, मेरो बोल र मानको छ पगरी दागी बनी पोल्दछु ।’

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्