प्रवासी नेपाली मञ्चको निमन्त्रणमा यूरोपका विभिन्न देशहरुको भ्रणममा निस्केका नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधान मन्त्री माधव कुमार नेपाल आफ्नो कार्यक्रमलाई छोट्याएर स्वदेश फर्केका छन् । फर्किने क्रममा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफू भाग्ने मान्छे नभएको प्रतिक्रिया दिएका छन् ।
ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको भोलि पल्ट साउन २२ गते स्वीजरल्याण्डको जेनेभा तर्फ प्रस्थान गरे । त्यस पछि माधव नेपाल भाग्यो भनेर मिडियामा आयो। मिडियाले लेखेको यस कुराको प्रतिक्रियामा गोली चले, गोली खाने र राजालाई समाउने बेलामा नभाग्ने आफू कुनै पनि अपराध नगरेको विषयसँग तर्सेर भाग्ने मान्छे आफू नभएको बताएका हुन् ।
