IMG-LOGO

अनेम संघ बागमती प्रदेश कमिटीको प्रथम बैठक धुलिखेलमा

 मंगल, सावन २३, २०८०  ---

 

     न्याय, समानता र महिला हक अधिकारको लागि कार्य गर्दै आएको अखिल नेपाल महिला संघ बागमती प्रदेश कमिटीको प्रथम पूर्ण बैठक माउन्ट प्रिन्सेस होटल धुलिखेलमा शुक्रकार सम्पन्न भयो । नेकपा एमाले पोलिटब्यूरो सदस्य केशव पाण्डेको प्रमुख आतित्थ्यतामा तथा अनेम संघ बागमती प्रदेशकी अध्यक्ष बिमला शर्माको अध्यक्षतामा बैठक सम्पन्न भयो । प्रमुख अतिथि पाण्डेले सम्बोधन गर्दै सुखि नेपाली समृद्ध नेपाल निर्माण गर्न धर्ती आधा आकाश ढाक्ने महिलाहरु संगठीत भई नेतृत्वमा पुगेर मात्र सम्भव हुने बताउनुभयो । अनेम संघ बागमती प्रदेशको इन्चार्ज सिता पौडेल, केन्द्रीय कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका संयोजक रचना खड्का, केन्द्रीय सहसचिव पेमा लामा, नेकपा एमाले काभे्र अध्यक्ष अशोक व्यञ्जु लगायतले मन्तव्य राख्नुभएको थियो । अखिल नेपाल महिला संघ प्रदेश कमिटीको बैठक ४ महिनामा २ पटक बस्ने, आगामी भाद्र मसान्त भित्र जिल्ला कमिटीहरुको सम्मेलन गर्ने, असोज मसान्त भित्र प्रतिनिधि सभा, प्रदेश सभा, क्षेत्र र पालिका कमिटीहरुको सम्मेलन गर्ने, वडा। टोल कमिटीहर पुनर गठन गर्ने, एक टोल एक कमिटी गठन अभियान सञ्चालन र संगठन सुद्धढीकरण गरी संगठनलाई गतिशिल बनाउने कुरा उपाध्यक्ष अन्नपूर्ण बस्नेतले बताउनुभयो । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्