IMG-LOGO

आजाद मावि कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत

 मंगल, सावन २३, २०८०  ---

     बनेपा ÷आजाद माध्यामिक विद्यालयले शैक्षिक शत्र २०८० को कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण धुलिखेलको माउण्ट प्रिन्सेस होटलमा सञ्चालन गरेको छ । उक्त नयाँ विद्यार्थीलाई अभिमुखिकरण गरेको हो । विद्यालयका प्रधानाध्यापक रामनारायण श्रेष्ठले बनेपाको ऐतिहासिकको रुपमा रहेको आजाद माविले गुणस्तर अनुसासन, प्रयोगात्मक शिक्षालाई विषेश ध्यान दिंदै आएको बताउनुभयो । विद्यालय व्यवस्थापन विषयमा होटल म्यानेजमेन्ट, कम्प्युटर विज्ञान विषयमा र विज्ञान विषयका पढाई हुने श्रेष्ठले जानकारी दिनुभयो ।

     कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाले सम्पूर्ण अभिभावक, विद्यार्थीहरुलाई सामुदायीक विद्यालय पनि संस्थागत विद्यालय भन्दा कम नभएको बतउनुभयो । गुणस्तरमा सामुदायीक विद्यालयको उत्कृष्ट हुँदै गएकाले विद्यार्थीहरुलाई सामुदायीक विद्यालय नै रोज्नुपर्ने बताउनुभयो ।सामुदायीक विद्यालयमा सुविधा सम्पन्न भवन, दक्ष जनशक्ति रहेका कारण गुणस्तरीय शिक्षा प्रदान हुने बताउनुभयो । कार्यक्रममा बनेपा नगरपालिकाका शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठी, बनेपा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारी, विद्यालय ब्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तथा सञ्चालक सदस्य मुकुन्द तिमल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका मावि संयोजक श्रेष्ठले विद्याmयको भावि योजना, विद्यार्थीहरुले गर्नुपर्ने कर्तब्यका बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रम विद्यालयका व्यवस्थापन समिती सदस्य दिपा दहालको सभापतित्वमा र सञ्चालन शिक्षक श्याम श्रेष्ठले गर्नुभएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्