IMG-LOGO

स्वास्थ्य परीक्षण तथा सचेतिकरण कार्यक्रम

 मंगल, सावन २३, २०८०  ---

 

     शिर मेमोरियल एइभेन्टिष्ट हस्पिटल, मेडिकल इन्टिच्युड कलेज अफ नर्सिङ बनेपाले शुक्रबार लभ एण्ड सियरीङ कार्यक्रम सम्पन्न गरेको छ । आदर्श विद्या मन्दिर (एविएम) विद्यालय बनेपामा सम्पन्न कार्यक्रममा विद्यालयका ंद्द तह मा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण, व्यक्तित्व विकास तालिम सम्पन्न भएको हो । शिर मेमोरियल एइभेन्टिष्ट हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर जि. गयारिसको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कलेज अफ नर्सिङका अध्ययनरत विद्यार्थीहरुका साथै अन्य डाक्टरले स्वास्थ्य सेवा प्रदान गरेका थिए । कलेज अफ नर्सिङ उप प्राध्यापक प्रतिमा मानन्धर, एकेडेमीक डाइरेक्टर ताराजंग गुरुङ, प्रिन्सिपल निर्मला मानन्धर, प्राध्यापकहरु ,बनेपा न.पा वडा नं ११ वडा सदस्य दुर्गा थापा, एविएम स्कुलका प्रिन्सिपल रामप्रसाद तिमल्सिना, सहायक प्रिन्सिपल ललिता बञ्जारा, कार्यक्रम संयोजक सरोज कँुइकेल , पास्टर ए एम पुरी  लगायत विद्यार्थीहरु सहभागी रहेको कार्यक्रमको सञ्चालन रुपा लक्ष्मी श्रेष्ठले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन कुसुम कँुवरले गर्नुभयो । समुदायमा स्वास्थ्य, सचेतनामा जागरण ल्याउने, आपसी सद्भाव कायम राख्ने उदेश्यका साथ शिर मेमोरियल एइभेन्टिष्ट हस्पिटलले विगत २ वर्षदेखि लभ एण्ड सियरीङ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्