IMG-LOGO

शंखुमा योग उपशिक्षक प्रशिक्षण प्रारम्भ

 मंगल, सावन २३, २०८०  ---

 

     पतंजलि योग समिति काभ्रेको आयोजनामा धुलिखेल नगरपालिका वडा नं. १२ शंखुमा १२ दिने योग उप–शिक्षण तालिमको पतंजली योग समिति बाग्मती प्रमुख ग्रुवेन तौजले र धुलिखेल नगर १२ नं. वडा का वडा अध्यक्ष मोहन प्रसाद लामिछानेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । सो अवसरमा बाग्मती प्रदेश प्रमुख तौजलेले स्वस्थ समाज निमार्णको लागि प्रत्येक व्यक्तिले दैनिक योग साधना गर्ने र यसले व्यवसायी मात्र स्वस्थ नभई समाजमा नै आमुल परिवर्तन हुने बताउनुभयो । पतंजली योग महिला समितिका अध्यक्ष अनु श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा १२ नं. वडाका वडाध्यक्ष मोहन लामिछाने पतंजली योग समिति बाग्मती प्रदेश सदस्य दमनकुमार श्रेष्ठ, संगठन मन्त्री श्याम कुमार श्रेष्ठले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नु भएको थियो भने उद्घोषण मन्त्री माधव प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्