IMG-LOGO

निर्माण व्यवसायीको धर्ना

 मंगल, सावन २३, २०८०  ---

 

     निर्माण व्यवसायी संघ काभे्रले विभिन्न माग सहित जिल्ला प्रशासन कार्यलयमा धर्ना दिएको छ । निर्माण व्यवसायीको बाँकी रहेको रकम भुक्तानी र निर्माण कार्यको एकमुष्ट थपको माग गर्दै निर्माण व्यवसायीले धर्ना दिएका छन् ।

     निर्मण कार्य सम्पन्न गरेको लामो समय हुँदा पनि सरकारले दिनुपर्ने भुक्तानी समयमा नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनु परेको निर्माण व्यवसायी संघ काभे्रका अध्यक्ष विजय लामाले बताउनुभयो । व्यवसायी पिडामा रहेको गुनासो गर्दै अध्यक्ष लामाले रहरले नभई बाध्यताले आन्दोलन गर्नुपरेको बताउनुभयो । सरकारले रकम भुक्तानी नगर्दा निर्माण सामग्री र मजदुरको रकम उपलब्ध गराउन नसकिएकोबताउनुभयो । माग पुरा नगरेसम्म आन्दोलन जारी रहने अध्यक्ष लामाले बताउनुभयो  ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्