IMG-LOGO

नेकपा केपी पक्षको काभ्रेबाट मात्रै १ दर्जन केन्द्रीय सदस्य थपिए 

 मंगल, पौष १४, २०७७  ---

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एकतामा जोडिएर पूर्णता नपाउँदै अन्तत फुटेको छ । न कुनै बैचारिक मतभेत न कुनै सैद्धान्तिक असहमती सिरफ भाग शान्ति जय नेपाल नहुँदा व्यक्तिगत इगो र दम्भका कारण पार्टी फुटेको स्पष्ट देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भङ्ग गरे पछि पार्टी औपचारिक रुपमै दुई चिरा भएको छ । नेकपाका प्रचण्ड र माधव नेपाल पक्ष र केपी ओली पक्ष छुट्टा छुट्टै भेला गरी एक अर्कोको उछित्तो काट्न तर्क वितर्क कुतर्क गर्न  व्यस्त देखिन्छन् । दुवै पक्ष नेकपाको सूर्य चिन्हको लागि निर्वाचन आयोग पुगेका छन् । कसले सूर्य चिन्ह पाउने हो त्यो भने हेर्न बाँकी छ । निर्वाचन आयोगमा आफ्नो वैधानिकता प्राप्त गर्न तछाड मछाड गर्दै केन्द्रीय कमीटीको बैठकबाट केन्द्रीय सदस्य थप गरी जम्बो टोली बनाएका छन् । नेकपा केपी ओली पक्षको भेलाले काभ्रेबाट मात्रै १ दर्जन केन्द्रीय सदस्य थप गरेका छन् । धुलिखेल नगरपालिकाका नगर प्रमुख एवं नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु, संविधान सभा सदस्य रामहरी सुवेदी, तत्कालीन नेकपा एमालेका काभ्रेका पार्टी सचिव नारायण पाण्डे, अनेमसंघकी केन्द्रीय नेता डा. अम्बु भवानी कार्की, कुमार थापा, कुमार खकुरेल रहेका छन् । संघीय सांसद नविना लामा, बागमती प्रदेश सदस्य चन्द्र लामा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव के.सी. पूर्वमाओवादी केन्द्रबाट महिला अध्यक्ष रिता ढकाल र पाँचखालकी रुकमणी बराइली (मगर) रहेका छन् । गत मंगलबार सम्पन्न पार्टी केन्द्रीय कमीटीलाई विस्तार गर्दै १ हजार १ सय ९९ जनाको कमीटी बनाउने निर्णय गरेको छ । काभ्रेबाट यस अघि पूर्वमन्त्री गोकुल बाँसकोटा केन्दीय सदस्य हुनुहुन्छ । बाँसकोटा सहित काभ्रेबाट १३ केन्द्रीय सदस्य भएका छन् ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्