सम्पत्ति लुटेर भाग्ने क्रममा रोशी ६ का चक्र बहादुर लामाको छोरा वर्ष २८ का विजय लामा र रोशी ८ खार्पाचोकका छेड्पु लामाका छोरा वर्ष २४ का राजन तामाङलाई स्थानियहरुको सहयोगमा प्रहरिले नियन्त्रणमा लिएको छ । साथै डकैतीमा संलग्न महाभारत ३ फोक्सिङटार ठाडे बस्ने धनबहादुर मोक्ताङका छोरा अन्दाजी वर्ष २६ का राजेश लामा र पाँचखाल नगरपालिका २५ वर्षको व्यक्तिको कुमार लामा फरार रहेको जिल्ला प्रहरीकाभे्रले जनाएको छ । फरार रहेको व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । उनीहरले राती १२ बजेको समयमा रोशी गाउँपालिका वडा नं ५ का कामसिंह लामाको घरमा तीन जनाको समूहले लुटपाट गरेको प्रहरीले जनाएको छ । लामाको परिवार घरमा सुतिरहेको समयमा एक्कासी घरभित्र पसेर लामा र उहाँकी श्रीमती मोती माया लामालाई फलामको रड र घरेलु हतियार प्रयोग गरी मुखमा खादा बाँधि सुन र नगद लुटेर भागेका थिए । पक्राउ पर्ने व्यक्तिहरुबाट प्रहरीले मोटरसाइधकल र स्कुटर समेत नियन्त्रणमा लिएको छ । मोटरसाइकल र स्कुटरका चालक राजन तामाङ र विजय लामा भएनि सवारी चालकको धनी भने उनीहरुको दाई रहेको पाइएको छ । हाल घाइतेको अवस्था मध्यम रहेको छ । यसैबीच रोशी गाउँपलिकाका अध्यक्ष दिनेश लामाले अपराधिक घटनाले असाध्यै चिन्तित र गम्भिर बनाएको भन्दै अपराधिक कार्यमा संलगन जो कोहिलाई कानुनी कठाघरमा उभ्याउनुपर्ने बाउनुभयो र घाइतेको उपचारका लागि गाउँपालिका सक्रियताको साथ लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै उहँले घाइतेरुको उपचारको भईरहेको धुलिखेल अस्पतालमा पुगि विरामीहरुको स्वास्थ्य अवस्थामा बुझि उपचारको लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । लुटेराहरुको गिरोहको थप अनुसन्धान गरी खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी एवं डिएस्पी ढुण्डीराज न्यौपानेले काभे्रटाइम्सलाई बताउनुभयो ।
