IMG-LOGO

काभे्रमा संचारीका समूह गठन

 मंगल, सावन २३, २०८०  – सृजना सापकोटा

     पत्रकार महिलालाई थप शसक्त र एकजुट बनाउने प्रमुख उद्देश्यका साथ काभे्रमा संचारिका समूह गठन भएको छ । सुनिता सापकोटाको नेतृत्वमा गठन भएकोे समुहमा ९ सदस्य छन् । नेपाल पत्रकार महासंघ काभे्रको उपाध्यक्ष समेत रहेकी सापकोटा अध्यक्षमा चयन भएकी हुन । त्यसैगरी उपाध्यक्षमा सम्झना हुँमगाई, सचिवमा अञ्जली तामाङ,सहसचिवमा ज्योती श्रेष्ठ, कोषाध्यक्षमा मालती कुवर र सदस्यहरुमा विपाशना शाक्य, सीता काफ्ले, काजल तामाङ, शोभा हुमगाई,  चयन भएका छन् । संचारीका समूह नेपालकी अध्यक्ष बिमला तुम्खेवाको प्रमुख आतित्थ्यता तथा नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष बद्रीराज तिमल्सिनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा संचारिका समूहकी केन्द्रिय सदस्य राधा खनाल र भगवती तिमल्सिना,नेपाल पत्रकार काभे्रका  महासंघका पूर्व अध्यक्ष ईश्वरी ओझा र महेश पौडेल लगायत अन्य संगठनका पत्रकारहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्