जिल्ला प्रहरी कार्यालय धुलिखेल काभे्रमा महिला ,बालबालिका जेष्ठ नागरिक माथि हुने हिंसाको क्रम संख्या घट्दो क्रममा रहेको छ । २०७८÷०७९ मा २ सय ७६ उजुरी परेकोमा जिल्ला प्रहरी कार्यालय धुलिखेलमा सोहि आर्थिक साल भित्रै मिलापत्र भई सकेको प्रहरी कार्यालय धुलिखेलमा सोहि आर्थिक साल भित्रै मिलापत्र भईसकेको प्रहरी निरिक्षक उमा केसीले जानकारी दिनुभयो । त्यस्तै गरी २०८९÷०८० मा प्रहरी कार्यालयमा १ सय ८६ जनाको उजुरी परेको १ सय ६७ जना सँग जिप्रका काभे्रमा मिलापत्र भएको प्रहरी कार्यालयले जनाएको छ । महिला ,बालबालिका, जेष्ठ नागरिकहरुमा हिंसा गत वर्षको तुलनामा किन घट्यो भन्ने जिज्ञासामा प्रहरी निरीक्षक केसीले यस्तो प्रतिक्रिया दिनुभयो । स्थानीय सरकारमा न्यायिक समिति गठन भएपछि काभे्र जिल्लाका १३ वटै पालिकामा घरेलु हिंसा घटना भएमा पालिकाको न्यायिक समितिमा नै उजुरी दिन सकिने हुँदा जिल्ला प्रहरी कार्यालयमा उजुरी संख्या घटेको उल्लेख गर्नुभयो ।
