IMG-LOGO

बालयौन दुव्र्यव्यहार गरेको आरोपी शिक्षक छविरमण विरुद्ध मुद्दा दर्ता

 मंगल, सावन २३, २०८०  ---

     विद्यालयको कक्षाकोठामा छात्राालाई यौन दुव्र्यव्यहार गरेको आरोपमा पनौती नगरपालिका वडा नं २ कुशादेवी माध्यामिक विद्यालयका शिक्षक छविरमण गौतमलाई इलाका प्रहरी कार्यालय बनेपाले हिरासतमा राखेको छ । कक्षाकोठा भित्रै अध्ययन गर्दे गरेको बखत छात्रामाथि यौन जन्य दुव्र्यव्यहारको आरोप लागेका शिक्षक गौतमलाई शुक्रबार करिब १० बजे बनेपाबाट गिरफतार गरी प्रहरीले नियन्त्रणमा लिइएको कुरा प्रहरी नायब निरीक्षक रेशम बोहोराले काभे्रटाइम्सलाई बताउनुभयो । पनौती २ मा रहेको कुशादेवी माध्यामिक विद्यालय अध्यापन गराउने गणित शिक्षक गौतमले पटक पटक आफूलाई यौन जन्य दुव्र्यव्यहार गरेको भन्दै ११ जना छात्राहरुले गत मंगलबार प्रहरीमा किटानी जाहेरी दिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

     इलाका प्रहरी कार्यालय बनेपाका अनुसार छात्राहरुको सामूहिक जाहेरीलाई प्रहरकिो अनुसन्धान पछि शिक्षक छविरमण गौतमलाई बनेपाको चारदोबाटो बाट हिरासतमा लिइएको हो । यौन दुव्र्यव्यहार आरोपी शिक्षकलाई हिरासतमा राखी अनुसन्धान गर्न ५ दिनको म्याद राखि अनुशन्धान गर्न जिल्ला अदालत काभे्रमा म्याद थप गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । यौन दुव्र्यवहार गरेको आरोपी शिक्षक छविरमण गौतम विरुद्ध प्रहरीले बाल यौन दुव्र्यव्यहार गर्न नपाइनेमा मुद्दा दर्ता गराएको छ । उक्त बालयौन दुरुपयोग मुद्दा कसुर प्रमाणित भएमा निज छविरमण गौतमलाई ३ वर्ष कैद सजाय र ३० हजार जरीवाना हुने कानुनी व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका डि.एस.पी. ढुन्डीराज न्यौपानेले बताउनु भयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्