IMG-LOGO

काभ्रे जिल्लामा पनि आँखा रोगी बढे

 मंगल, सावन २३, २०८०  ---

 

           काभ्रे जिल्लामा पनि आँखा पाक्ने रोगी दिन प्रतिदिन बढ्दो क्रममा छ । रेयुकाइ एइको मासुनागा आँखा अस्पताल बनेपामा एक साता अघि दैनिक ३ सयको हाराहारीमा आँखा परीक्षण गर्न आउने गरेकोमा हाल दैनिक ४ सय देखि साढे ४ सय विरामीहरु आँखा रोगको समस्या लिएर अस्पतालमा आउने गरेको कुरा अस्पतालका महासचिव हिरामणी शर्माले काभ्रे टाइम्सलाई बताउनु भयो । उद्योग धन्दामा काम गर्ने श्रमीक र स्कूलमा अध्ययनरत विद्यार्थीहरु आँखा पाक्ने समस्याका रोगीहरु अस्पतालमा आउने गरेको बताइन्छ । त्यस्तै गरी जिल्ला कै सामुदायिक अस्पताल धुलिखेल अस्पतालमा आँखा रोगीहरुको जाँच गराउने संस्था बढेको अस्पतालकी आँखा विशेषज्ञ कन्सल्टयाण्ट डिपार्टमेन्ट हेड डा. अंगिरा श्रेष्ठले जानकारी दिनु भयो । धुलिखेल अस्पतालमा एक साता अघि दैनिक १ सयको हाराहारीमा विरामी जाँच गर्न आउने गरेकोमा विगत दुई दिन देखि १ सय ३० को हाराहारीमा आँखाको समस्या लिएर आउने गरेको अस्पतालले जनाएको छ । एडीनो भाइरसको कारणले आँखा संक्रमित भइ हावाको माध्यामबाट र एक अर्को व्यक्तिमा छोएमा पनि रोग सर्ने हुँदा, आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पाक्ने रोग हो भनि आँखा नमिच्ने र आँखा अस्पतालमा गएर जाँच गरेपछि मात्र औषधी प्रयोग गर्न धुलिखेल अस्पतालकी आँखा विशेषक डा. अंगिरा श्रेष्ठले सुझाब दिनुभयो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्