लम्पी स्किन रोगको महामारबिाट पिडित कृषकहरुलाई धुलिखेल वडा नं २ ले राहत दिने निर्ण गरेको छ । आईतबार वडा समितिको बैठकबाट यस्तो निर्णय गरिएको हो । वडा अध्यक्ष अर्जुन न्यौपानेका अनुसार लम्पी स्किन रोगको महामारबिाट मृतक दुहुनु गाईको लागी राहत स्वरुप प्रति वटा १० हजार र ४ महिना कटेको कोरली बाच्छिको लागी प्रति वटा रु पाँच हजार दिइने छ । वडा कार्यालयको आ.व २०८०÷०८१ को दैवि प्रकोप कोष तथा वडा स्तरीय कार्यक्रम २०८०÷०८१ को पशुसेवा कार्यक्रमबाट राहत रकम वितरण गरिने छ । वडा अध्यक्ष न्यौपानेलाई पशुपालक कृषकहरुलाई कहिले देखि राहत वितरण गर्नुहुन्छ भन्ने जिज्ञासामा उहाँको प्रतिक्रिया यस्तो छ । विपत व्यवस्थापन राहत कोषबाट ५ लाख बजेटबाट कृषकहरुलाइ राहत रकम वितरण गर्ने कुरा काभे्रटाइम्सलाई बताउनुभयो । धुलिखेल नगरपालिकाले बजेट निकासा गर्ना साथ पशुपालक कृषकहरु जसको गाई भैंसी लम्पी स्किनबाट मरेका छन् । उनीहरुलाई रकम वितरण गरिने कुरा वडा अध्यक्ष न्यौपाने उल्लेख गर्नुभयो । रविगाउँ देविटार सडक निर्माण ५० लाख, जुन नगर स्तरीय योजना बजेट हो त्यसैगरी पूर्वाधार निर्माण तर्फ ४५ लाख गरी करीब १ करोड वडाको बजेट रहेको वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।
