IMG-LOGO

साहित्यिक पत्रकार दुवाल सम्मानित

 मंगल, सावन १६, २०८०  ---

 

     मदन–शीला प्रतिष्ठान, काठमाडौंले जनमत मासिकका प्रधान सम्पादक मोहन दुवाललाई ‘जनमत’ मासिक पत्रिकाका माध्यमबाट नेपाली भाषा र साहित्यको समुन्नतिका निम्ति चार दशक भन्दा बढी अवधि सम्म खटी विशिष्ट र अग्रणी भूमिका निर्वाह गर्नुभई नेपाली साहित्यिक पत्रकारिताका क्षेत्रमा पु¥याउनु भएको समुल्लेखनीय योगदानको कदर गर्दै मोहन दुवाललाई २०७६ सालको ‘मदन–शीला साहित्यिक पत्रकारिता पुरस्कार’ रु. १०१,०००।– (रुपैयाँ एक लाख एक हजार) सहित सम्मान–पत्र प्रतिष्ठानका संरक्षिकाशीला भट्टराईले प्रदान गरिएको छ ।

     प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा विशिष्ट समालोचक प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रममा कवि तथा गीतकार दुर्गालाल श्रेष्ठ र आख्यानकार गीता केशरीलाई नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याए बापत उहाँहरुलाई २०७६ र २०७७ सालको सम्मानबाट पुरस्कृत गरिएको हो । यसैगरी २०७७ सालको ‘मदन–शीला साहित्यिक पत्रकारिता पुरस्कार’ ‘दायित्व’ साहित्यिक पत्रिकाका सम्पादक राम प्रसाद पन्तलाई प्रदान गरिएको हो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्