अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपा र ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट)को जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक विहिबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले मानवीय सेवामा अनवरत ढंगबाट लाग्ने संस्थालाई साथ दिनुका साथै नमन गर्न जरुरी रहेको बताउनु भयो । समन्वय संयोजक गौतमले स्वास्थ्यको क्षेत्रमा काभ्रे जिल्लामा अव्बल रहेका संस्थाहरु, बिभिन्न अस्पतालहरूले नयाँ जीवन दिन ठुलो भूमिका खेल्दै समुदायमा पु¥याएको योगदानको बारेमा उच्च प्रसंसा गर्नुभयो । अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाका व्यवस्थापक प्रकाश यादवले अस्पतालले ३८ वर्षको अवधिमा पु¥याएको सेवाका बारेमा जानकारी गराउनु भएको थियो । ९५ हजार बालबालिकाहरुले अस्पताल आफैले तयार गरेका ९५ हजार वटा कृत्रिम खुट्टा प्राप्त गरेका छन् भने ५० हजार बालबालिकाहरुको ठुलो खालको अप्रेसन गरिएको छ । गत आर्थिक वर्षमा मात्रै १ लाख १० हजारले एक वर्षमा सेवा लिएका छन् । यसैगरी दातृ संस्था अमेरिकन हिमालयन फाउन्डेसनको तर्फबाट ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले नेपालका १८ वटा जिल्लाका १२ हजार ५ सय बालबालिकाहरुले शिक्षाका लागि सहयोग प्राप्त गरेको कार्यक्रम संयोजक उमेश विश्वकर्माले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति काभे्रका उप प्रमुख रिम बहादुर तामाङ, बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवार,धुलिखेल नगरपालिका उप प्रमुख निराजन जंगम, वडा अध्यक्षहरु, स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोतम सेढाई लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
