IMG-LOGO

ल्याप्टप र मोबाइल चोर्ने पक्राउ

 मंगल, सावन १६, २०८०  ---

     बनेपा ÷महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नं ८ बडडाँडा घर भई काभे्रको पनौती नगरपालिका –७ बस्ने वर्ष २२ को सुजन तामाङलाई विभिन्न समयमा चोरी गरेको सामान सहित प्रहरी चौकी पानौतीले पक्राउ गरेको छ ।  विभिन्न समयमा चोरी भएका घटनाको अनुसन्धानको क्रममा प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले पनौती नगरपालिका ४ ज्यालापाटी स्थित विशाल हुमगाईको कोठाबाट चोरी भएको ल्यापटप थान १ र २ थान मोबाइल सहित पक्राउ गरिएको हो । साथै प्रहरीले उनको कोठाबाट विभिन्न ठाउँमा चोरी भएको  ल्याप्टप ३ थान र मोबाइल २ थान फेला पारेको छ । उनलाई चोरी तथा डाँका सम्बन्धी कसुर अन्तरगत ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्